राजनीति

यो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउनेछुः प्रधानमन्त्री प्रचण्ड

Banner

गोरखा,फागुन १४–

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउने बताएका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २६औं दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास निर्माणका ठूला परियोजना र सुशासनमार्फत् आफ्नो तेस्रो कार्यकाल आगामी पुस्ताले सम्झन लायक बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘नेपालको अहिलेको अर्थतन्त्रलाई अझ बढी संकटतर्फ जान नदिने र सुधारतर्फ लैजाने साह्रै ठूलो दायित्व वर्तमान सरकारको काँधमा छ’, उनले भने, ‘सुशासन स्थापना गर्ने चुनौती पनि हाम्रो अगाडि छ मैले त्यसको थालनी गरिसकेको छु।’प्रधानमन्त्री दाहालले सुशासन र समृद्धिका लागि प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद्‌मा आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छोड्ने बताए।

उनले आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई महिना बित्दा नबित्दै अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखा परिसकेको भन्दै यो नेपाल र नेपाली जनताका लागि खुसीको कुरा भएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>