राजनीति

आठ दलीय गठबन्धनको बैठकमा ऋषि धमलाकी पत्नी एलिजा पनि सहभागी

Banner

काठमाडौं,फागुन १४-

राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवारको सहमति गरेका आठ दलहरुको बैठक यतिबेला बालुवाटामा जारी छ। उक्त गठबन्धनको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन्। यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का रहेका छन्।

रामचन्द्र पौडेललाई राष्ट्रपतिमा साझा सहमति गरेपछि ८ दलको औपचारिक बैठक पहिलोपटक बसेको हो। यस्तै नेकपा माओवादीका तर्फबाट प्रचण्डसँगै महासचिव देव गुरुङ र शक्ति बस्नेत सहभागी छन्। यता नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठका साथै उत्त पार्टीकी अर्की नेतृ एलिजा गौतम सहभागी भएकी छिन्। अभिनेत्री तथा पत्रकार ऋषि धमलाकी पत्नी गौतम केही दिनअघि मात्रै उक्त पार्टीमा प्रवेश गरेकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>