राजनीति

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि परराष्ट्र मन्त्री पौड्यालको जेनभा भ्रमण रोकियो

Banner

काठमाडौँ, फागुन १४–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मौखिक निर्देशनपछि परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिएको छ ।

आज साँझ ६ बजे मन्त्री पौड्यालको जेनेभाका लागि फ्लाइट थियो । तर अन्तिम समयमा प्रधानमन्त्री ‘प्रचण्ड’ले उनको भ्रमण रोकिदिएका हुन् ।

मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार दिउँसो साढे तीन बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि उनको भ्रमण रोकिएको हो।
आफूलाई अपमानित गर्ने गरी फोन आएपछि विमानस्थल नगएको पौड्यालले प्रतिक्रिया दिएकी छिन् ।

यसअघि बिहान ११ बजे पत्रकार सम्मेलन गरेर मन्त्री पौड्यालले आफू जेनेभा जान लागेको जानकारी दिएकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>