राजनीति

रास्वपाले बोलायो बैठक, राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्ने

Banner

काठमाडौं, फागुन १४-

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। रास्वपा नेता दीपक बोहराका अनुसार राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल गर्न सोमबार बैठक बस्न लागेको हो ।

अहिलेसम्म कसलाई समर्थन गर्ने भनेर निर्णय लिइएको छैन। दुबैतिर छलफल चलिरहेको छ,’ उनले भने,’राष्ट्रपति निर्वाचन र पार्टीको आगामी योजनाबारे छलफल गर्न सोमबार बैठक बस्दैछ।’

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्। कांग्रेस उम्मेदवार पौडेलले शनिबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। लामिछानेले पार्टीमा छलफल गरेर यसबारे आवश्यक निर्णय लिने बताएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>