राजनीति

राप्रपाले गर्यो तत्काल प्रदेश १ को सरकारबाट नबाहिरिने निर्णय

Banner

विराटनगर, फागुन १४-

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल प्रदेश १ सरकारबाट नबाहिरिने निर्णय गरेको छ । संघ र अन्य केही प्रदेशमा राप्रपाका मन्त्रीहरूले राजीनामा दिएपनि प्रदेश १ को सरकारमा सहभागी मन्त्रीहरू तत्काल फिर्ता नहुने निर्णय गरेको हो।

केन्द्रको परिस्थिति जे भएपनि प्रदेश १ को परिस्थिति फरक भएकाले पार्टी भित्र छलफल गरेर मात्रै सरकारबाट छाड्ने की नछाड्ने निर्णय गर्ने राप्रपा नेताहरूले बताएका छन् ।

सरकारका विषयमा निर्णय गर्न राप्रपाले आज प्रदेश कमिटीको बैठकपनि बोलाएको छ । राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पनि भक्तिप्रसाद सिटौलालाई राजीनामा नदिन भनेको स्रोतले बतायो । राप्रपाले प्रदेश १ मा कृषि तथा सहकारी मन्त्रालय पाएको छ । राप्रपाको प्रदेश १ मा ६ सीट रहेको छ । गत पुस २४ गते हिकमत कार्कीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो ।

प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र, राप्रपा र जसपा सरकारमा सहभागी छन् । नेकपा एमालेको ४० सीट रहेको छ । नेकपा माओवादी १३ सिट, राप्रपा ६ सिट रहेकोमा जसपा को१ सिट रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>