राजनीति

बागमती सरकारमा रहेका राप्रपाका ३ मन्त्रीले राजीनामा दिँदै

Banner

हेटौंडा, फागुन १३-

बागमती प्रदेश सरकारमा रहेका राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाका ३ मन्त्रीले पदबाट राजीनामा दिने भएका छन्। केन्द्रमा भएको राजनीतिक उतारचढावको कारण राप्रपाका प्रदेश सरकारको मन्त्री पदबाट शनिबार राजीनामा दिन लागेको हो।

राप्रपा संसदीय दलका नेतासमेत रहेका खानेपानी ,उर्जा तथा सिँचाइ मन्त्री उद्दव थापाले राप्रपाबाट मन्त्री बनेका आफूसहित ३ जनाले राजीनामा दिन लागेको जानकारी दिए।

उनले शनिबार भएकोले मुख्यमन्त्रीको अनुकूल समय लिएर राजीनामा दिन जाने बताए। केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको गठबन्धन छोडेर कांग्रेस नेतृत्वको पुरानो गठबन्धन ब्यूँताएका छन्। प्रधानमन्त्रीले पुरानो गठबन्धन ब्युूताएसँगै राप्रपाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>