राजनीति
अब प्रदेशहरु आगामी दिनमा बलियो हुन्छ: उपेन्द्र यादव
०

जनकपुरधाम, फागुन १३-
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पुरानो गठबन्धन पुनः ब्यूतिएपछि अब प्रदेशहरु आगामी दिनमा बलियो हुने बताएका छन् ।
काठमाडौंबाट जनकपुरधाम आएका उनले विमानस्थलमा संचारकर्मीसँग भने, ‘अब बिस्तारै छलफल गर्दै अगाडि बढ्छौं । प्रदेश सरकारलाई स्रोत साधन र अधिकार सम्पन्न बनाउने छौं ।’
अध्यक्ष यादवले कर्मचारी प्रशासन र प्रहरी प्रशासन प्रदेश सरकारले नै परिचालन गर्नेगरी छलफल भएको पनि बताए । उनले उपराष्ट्रपति जसपा पाउने सहमति भएको बताएपनि कसलाई पठाउने खुलाएनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























