राजनीति
पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै दुर्गा प्रसाईँलाई एमालेले गर्यो निष्कासन
०

काठमाडौं, फागुन १३-
दुर्गा प्रसाईँलाई नेकपा एमालेले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । आज (शनिबार) बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गरिएको एमाले नेताहरूले बताएका छन् ।
केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























