देश/प्रदेश
राप्रपा सरकारबाट बाहिरिएपछि एमाले नेतृत्वको प्रदेश १ सरकारका मुख्यमन्त्री पद संकटमा
०

विराटनगर, फागुन १३-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सरकारबाट बाहिरिएपछि एमाले नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा पर्ने भएको छ। राप्रपा प्रदेश १ सरकारमा सहभागी छ। ६ जना प्रदेससभा सदस्य भएको राप्रपा अहिले एउटा मन्त्रालयसहित सरकारमा थियो। शुक्रबा साँझदेखि एमालेको साथमा राप्रपा मात्रै हुने अवस्था आएको थियो। राप्रपाले पनि सरकार छाडेपछि मुख्यमन्त्री हिक्मत कार्की संकटमा परेका छन्।
९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ। प्रदेशमा एमालेसँग ४०, माओवादीको सभामुखसहित १३, राप्रपाको ६ र जसपाको १ जनासहित एमाले नेतृत्वमा सरकार बनेको थियो। विपक्षमा २९ सिट भएको कांग्रस र ४ सिट भएको एकीकृत समाजवादी थिए।
तर, राष्ट्रपति चुनावले चुनावी गठबन्धन ब्युँताएपछि प्रदेशको समीकरण फेरिने भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























