देश/प्रदेश
मलाई संविधानको रक्षा र जनताको अधिकार संरक्षण गर्ने चुनौति आउँदै छः पौडेल
०

काठमाडौं, फागुन १३-
नेपाली कांग्रेसबाट भावी राष्ट्रपतिमा प्रस्तावित रामचन्द्र पौडेलले आफूमाथि संविधानको रक्षा र जनताको अधिकार संरक्षण गर्ने चुनौति आउन लागेको बताएका छन् । कांग्रेसले आजको बैठकबाट राष्ट्रपतिमा उठाउने निर्णय गरेपछि उनले पत्रकारलाई संक्षिप्त सम्वोधन गरेका थिए ।
पौडेलले नेपालको संविधानको भावना र मर्म अंगाल्दै लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्न संविधानको रक्षकको हैसियतले आफू लागिपर्ने बताए ।
‘मैले प्रथम चरणमा एउटा प्रेरणा पाएको छु कांग्रेसबाट । अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने रक्षा गर्ने चुनौति मलाई आउन लागेको छ,’ उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























