खेलकुद

केपी ओली कप: आज आयोजक र जावलाखेलबीच प्रतिस्पर्धा

Banner

ललितपुर, फागुन १३–

केपी ओली कप फुटबलमा शनिबार केपी ओली फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

खेल आज मध्याह्न १२ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुनेछ। यो खेलको विजेताले सेमिफाइनलमा पुग्ने अन्तिम टोलीको छिनोफानो गर्नेछ।

नकआउट फुटबलमा शनिबारको विजेताले सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। चर्च ब्वाइज क्लबलाई २–१ गेल अन्तरले हराउँदै मछिन्द्र अन्तिम चारमा पुगेको हो।

प्रतियोगितामा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने भएको छ। न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो।नेपाल पुलिसलाई हराएर सातदोबाटो अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र एक आयोजक टोली गरी आठ टिम सहभागी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>