राजनीति

राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

Banner

काठमाडौँ, फागुन १३–

नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। बिहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ ।

आठ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रसलाई सघाउने निर्णय गरिसकेको छ । पार्टीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको नेताहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>