राजनीति

नयाँ समीकरण भत्किने-नभत्किने सुनिश्चितता अनुसार निर्णय लिन्छौंः रवि लामिछाने

Banner

काठमाडौं,फागुन १२-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ रुपमा राजनीतिक कोर्स अगाडि बढ्न खोजेको आफूहरुको जानकारीमा रहेको बताएका छन् । शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएका छन् । नयाँ राजनीतिक कोर्समा आफूहरु पर्ख र हेरको अवस्थामा रहेको सभापति लामिछानेको भनाइ छ ।

राष्ट्रपति र उपराष्ट्रपतिबारे शुक्रबारसम्म आफ्नो पार्टीले निर्णय नलिनुको कारण ठूला दलहरुले राष्ट्रपतिमा कुनै एक व्यक्तिका नाममा सहमति गर्छन कि भन्ने रहेको पनि उनले सुनाए । उनी अझै आशावादी छन्, ‘८ दलको संयन्त्र बन्यो र कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भन्ने आएको छ । न भोलि शनिबार)सम्म एउटा उम्मेदवार (कांग्रेसकै उम्मेदवार)को पक्षमा सबै ठूला दलहरु एक हुन्छन् कि ।’ आफ्नो पार्टी शनिबारसम्म राष्ट्रपतिका सन्दर्भमा एउटा ठोस निर्णयमा पुग्न प्रयास गर्ने सभापति लामिछानेले बताएका छन् ।

शनिबारको ८ दलको बैठकमा आफूहरुलाई नबोलाइएको उल्लेख गर्दै उनले नयाँ परिस्थितिमा छलफल गर्न बोलाउँदा जाने बताए । तर, सहकार्यको सन्दर्भमा फेरि समीकरण भत्किनेरनभत्किने सुनिश्चितता खोजिने उनको जवाफ छ । ‘अबको सहकार्यका सन्दर्भमा फेरि समीकरण भत्किएला वा नभत्किएला भन्ने हेरेर मात्रै निर्णय लिन्छौं’, रास्वपा सभापति लामिछानेले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>