राजनीति

प्रचण्डबाट देशलाई अस्थिरतामा लैजाने छुद्र खेल भयोः एमाले

Banner

काठमाडौं, फागुन १२-

पुस १० गतेको सहमति च्यातेर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि सत्तासाझेदार एमाले क्रुद्ध बनेको छ ।

प्रचण्डले धोकाधडी र दाउपेचको राजनीति गरेको एमालेले आरोप लगाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले देशलाई अन्तहीन अस्थिरतामा लैजाने खोजेको आरोप लगाए । ‘यो निर्णयले मुलुकलाई अन्तहीन अस्थिरतामा लग्यो भन्ने हाम्रो ठहर छ’, ज्ञवालीले भने ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार राति बसेको माओवादी, नेकपा एस, जसपालगायत ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गरेर प्रचण्डले छुद्र खेल खेलेका ज्ञवालीको आरोप छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>