राजनीति
जन्मदिनमा जीवनको तीन महत्वपूर्ण घटनाको भिडिओ अपलोड गर्दै ओलीले सुरू गरे ‘केपी बा’ युट्युब च्यानल
०

काठमाडौं, फागुन १२-
जन्मदिनको अवसर पारेर फागुन ११ गतेबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नाममा युट्युब च्यानल सुरू गरेका छन्। एमालेका धेरै नेता-कार्यकर्ता र समर्थक ओलीलाई बा भनेर सम्बोधन गर्ने भएकोले ओलीले ‘केपी बा’ नामक च्यानल सुरू गरेका हुन्।
उक्त ‘केपी बा’ नामको युट्युब च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकको भिडिओ बिहीबार नै अपलोड गरिएको छ। २५ मिनेट लामो भिडिओमा ओलीले आफ्नो जीवनमा भएका तीन महत्वपूर्ण घटनाबारे बताएका छन्।
‘मेरो जन्मदिनको सन्दर्भ पारेर नयाँ युट्युब च्यानल ‘बा’ सुरू भएको छ। यसमा आउँदो पुस्तालाई सुनाउन मेरा अनुभव र स्मरण राखिने छ,’ ओलीले सामाजिक सञ्जालमा भनेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























