खेलकुद

केपी ओली कपमा आज दुई खेल

Banner

ललितपुर, फागुन १२–

केपी ओली कप फुटबल प्रतियोगितामा आज (शुक्रबार) दुई खेल हुँदै छन् । पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ।

खेल बिहान बिहान ११ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ। यो खेलको विजेताले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

सातदोबाटो नेपाल पुलिस क्लबलाई पाखा लगाएर अन्तिम चारमा पुगिसकेको छ। अर्को खेलमा मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच पनि प्रतिस्पर्धा हुनेछ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता छ। यसअघि बुधबार सम्पन्न उद्घाटन खेलमा ललितपुर क्लब सातदोबाटो युथ नेपाल पुलिस क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको छ ।

आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा प्रतियोगितामा ’ए’ डिभिजन क्लबका सात र आयोजक टोली गरी आठ टिमले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख तथा उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउने छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>