देश/प्रदेश
पूर्व प्रधानमन्त्री झलनाथ खनाल बंगलादेश प्रस्थान
०

काठमाडौं, फागुन ११-
पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बंगलादेश प्रस्थान गरेका छन्। ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बंगलादेशमा मानव अधिकारको अवस्था’ सम्मेलनमा अतिथिका रूपमा भाग लिन खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।
बिहीबार मध्यान्ह १२: ४० बजे विमान बंगलादेश एयरलाइन्सबाट बंगलादेशको राजधानी ढाका गएको उनको सचिवालयले जनाएको छ। साथमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मुहम्मद मियाँ, विदेश विभाग सचिव शंकर खतिवडालगायत पनि बंगलादेश गएका छन्।
खनालले शुक्रबार ढाकास्थित सर्वोच्च अदालतमा आयोजित ‘मानव अधिकार सम्मेलन-२०२३’ लाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























