राजनीति

एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने छः प्रमुख भट्टराई

Banner

पाल्पा, फागुन १०-

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल पाल्पाले तानसेनामा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमति अनुसार नै राष्ट्रपति निर्वाचन हुने बताए ।

केही नेताहरुले सहमति विपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै उनले गत निर्वाचनबाट एमाले दोस्रो ठूलो रुपमा रहेको र सत्ता गठबन्धनमा ठूलो दल भएका कारण प्रधान्मन्त्री प्रचण्डलाई दिने र राष्ट्रपति तथा सभामुख एमालेलाई दिने सहमति अनुसार नै राष्ट्रपति निर्वाचनमा मतपरिणाम आउने बताए ।

राष्ट्रपतिको निर्वाचनमा निश्चित र निर्वाचित सदस्यहरुबाटै मतदान गर्ने भएकाले पनि नाम टुंगाउन हतार नगरेको नेता भट्टराईको भनाइ छ ।

माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा पार्टीको धारणाबारे पत्रकारहरुको जिज्ञाशामा नेता भट्टराईले एमालले अघि सारेको अवस्थामा जुनसुकै व्यक्ति निर्वाचित हुने दाबी गरे ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>