राजनीति

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटर पुगे चिनियाँ राजदूत

Banner

काठमाडौं, फागुन १०-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेपालका लाग चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

आज बिहान बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका हुन्।​ सोङले प्रचण्डसँग आगामी राष्ट्रपति को बन्ने भन्नेबारेमा जिज्ञासा राखेका थिए। जवाफमा प्रचण्डले दलहरुबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने जानकारी गराएको बालुवाटार स्रोतले जनाएको छ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ। छन् सोङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यस अगाडि भेट गरेका थिए। प्रधानमन्त्री प्रचण्डसँग माघ २ गतेको भेटमा बीआरआई परियोजना कार्यान्वयन, नेपालको पूर्वाधार विकास, नेपाल(चीनबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>