Uncategorized

प्रधानमन्त्रीलाई अखिल (क्रान्तिकारी)ले बुझायो १५ बुँदे ज्ञापनपत्र

Banner

काठमाडौँ, फागुन १०–

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्‍युनिष्‍ट पार्टी निकट अखिल (क्रान्तिकारी) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न मागसहितका १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

आज बिहान बालुवाटार पुगेर सो सङ्गठनका प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । सो ज्ञापन पत्रमा शिक्षा क्षेत्र तहसनहस भएको भन्दै सरकारी तवरबाट ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ ।

राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षा क्षेत्रलाई छुट्टाउन, सङ्घीय शिक्षा ऐन तत्काल लागु गर्न र विश्वविद्यालयमा राजनीतिक भागवण्डा बन्द गर्न सो संगठनले सरकारसमक्ष माग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>