चितवन विशेष

सोमबारे औँसीका दिन कोटिहोम महायज्ञमा भक्तजनको घुइँचो

Banner

चितवन, फागुन ९–

नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा सोमबारे औँसीको दिन भक्तजनको घुइँचो लागेको छ । महायज्ञ अन्तिम चरणमा प्रवेश गर्दै गर्दा भक्तजनको संख्या उल्लेख्य रुपमा बढ्दै गएको छ । हिजो (सोमबार) महाशिवरात्रीको दिन जत्तिकै भक्तजन सहभागी भएको महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेयले जानकारी दिए ।

महाशिवात्रीका दिन १९ लाख रुपैयाँ दान संकलन भएको थियो । सोमबार १५ लाख रुपैयाँ भन्दा बढी संकलन भएको छ । महायज्ञमा सोमबार प्रमुख अतिथिका रुपमा प्रसिद्ध भागवत वाचिका राधिका दासी सहभागी भएकी थिइन् । उनको आर्शिवचन सुन्न भक्तजनको भिड लागेको हो ।

महायज्ञमा शिव पुराण वाचन भइरहेको छ । बुधबारदेखि देवी भागवत पुराण सुरु हुने प्रमुख वाचक पाण्डेयले बताए । फागुन १२ गते ११ बजे महायज्ञमा सवा करोड दिप प्रज्वलन हुँदै छ । महायज्ञ भने फागुन १५ गते सकिने छ । महायज्ञको सोमबार २६औँ दिन हो ।

श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ सुरु गरिएको हो । श्रीसनातन संस्कृति संरक्षण अभियानले गौसंरक्षण र गौ वनको आवश्यकतालाई जोड दिँदै आएको छ । सनातन धर्म संस्कृतिको रक्षाका लागि सरकारले यसतर्फ ध्यान दिनुपर्ने अभियानको आग्रह छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>