राजनीति
एमाले छाडेँ, तत्काल अरु पार्टी प्रवेश गर्दिनँः दुर्गा प्रसाईं
०

चितवन,फागुन ७-
एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्यागको घोषणा गरेका छन्। यसको औपचारिक जानकारी सोमबार पत्रकार सम्मेलन गरेर दिने प्रसाईले बताए । उनले भने, ‘भोलि पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने तयारी गरेको छु। पार्टीलाई पनि एउटा औपचारिक पत्र लेखेर बुझाउँछु।’
प्रदेश नम्बर एकको स्थानीय कमिटीले कारबाहीको लागि सिफारिस गरेपछि केन्द्रले स्पष्टीकरण नसोधेको उनको भनाइ छ। प्रसाईंले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही सिफारिस गरेको थियो। तर, पार्टीले निर्णय नलिँदै उनी आफै एमालेबाट अलग भएका हुन्। प्रसाईंले पार्टीबाट अलग हुने निर्णयबारे शनिबार बेलुका नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराइसकेको पनि बताए। उनले तत्काल अरु पार्टी प्रवेश नगर्ने बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























