राजनीति

तीन जिल्ला कमिटी विघटन गरेर एमालेले तोक्यो अधिवेशन मिति

Banner

जनकपुर, फागुन ६–

नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ । जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी विघटनको निर्णय गरेको हो । एमालेका अनुसार विघटित जिल्लाहरूको अधिवेशन तोकिएको छ ।

बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २० र २१ गते रौतहटमा जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

उनका अनुसार अधिवेशनको बेला विवाद भएका कारण महोत्तरी, पर्सा र रौतहट जिल्ला कार्य समिति विघटन गरिएको हो । जिल्ला अधिवेशन पछि नयाँ नेतृत्व आउनेछ ।

सो बैठकमा प्रदेश अध्यक्ष राम औतार यादव, मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, सह इन्चार्ज पुरुषोत्तम पौडेल, नेताहरू सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, कृषि मन्त्री ज्वाला साह, सांसद अच्युत मैनाली मधेस प्रदेशमा कार्यरत शीर्ष नेतृत्वको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>