राजनीति

नेता रामचन्द्र पौडेल नारायणमान बिजुक्छेलाई भेट्न भक्तपुर पुगे

Banner

भक्तपुर, फागुन ५-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका छन्।
वर्तमान नेपालको राजनीतिक घटनाक्रम र आसन्न राष्ट्रपति निर्वाचनको विषयमा दुई शीर्ष नेता बिच छलफल भएको भेटमा सहभागी नेपाल तरुण दलका पूर्व अध्यक्ष एवं भक्तपुरका कांग्रेस नेता विनोद प्रकाश कायस्थले बताए। हिजो वरिष्ठ नेता पौडेल भक्तपुर कमलबिनायकस्थित बिजुक्छे निवास पुगेका थिए।

फागुन २५ गते हुने निर्वाचनमा नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवारमा वरिष्ठ नेता पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा रहेको छ। गत माघ ७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले बिजुक्छेसँग भेटवार्ता गरेकी थिइन।

चाँगुनारायण मन्दिर दर्शनपछि राष्ट्रपति भण्डारी भक्तपुरस्थित बिजुक्छेको निवासमै पुगेर भेट गरेपछि राष्ट्रपतिका रूपमा बिजुक्छेको नाम पनि चर्चामा आउन थालेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>