राजनीति

एमालेको ‘मिसन ग्रासरुट’ अभियान आदेखि सुरु हुँदै

Banner

काठमाडौं, फागुन ५–

नेकपा एमालेको मिसन ग्रासरुट नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान आजदेखि सुरु गर्दैछ।

अध्यक्ष केपी शर्मा ओलीले आज सवा १२ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्नेछन्। त्यसपछि सो अभियान सुरु हुने एमालेले जनाएको छ।

आजको बैठकमा अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन्।

एमालेले एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ। गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>