चितवन विशेष

कालिकाबाट लागुऔषधसहित एक जना पक्राउ

Banner

चितवन, फागुन ५–

जिल्ला प्रहरी कार्यालय चितवनले कालिका नगरपालिकाबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१५ बस्ने ३२ वर्षीय इन्द्र बहादुर थिङ रहेका छन् ।

जिप्रका चितवनबाट खटिएको प्रहरी टोलीले गएको बुधबार कालिका–६ स्थित सडक खण्डमा ना ३१ प ९९३८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा निजको साथबाट लागुऔषध बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले बताए ।

लागुऔषध डाईजेपाम १८ एम्पुल, फेनार्गन १८ एम्पुल, ब्युप्रिनोर्फिन १८ एम्पुल गरी जम्मा ५४ एम्पुल, नगद २१ हजार ३४० रुपैयाँ र मोटरसाइकलसहित थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने काम भइरहेको पण्डितले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>