देश/प्रदेश
राष्ट्रपतिबारे फरक-फरक कोणबाट चर्चा हुँदा बालुवाटारमा प्रचण्ड र ओलीबीच २ घन्टा वार्ता
०

काठमाडौं, फागुन ४-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार दुई घन्टाभन्दा बढी वार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार उनीहरूबीच एक्लाएक्लै भेटवार्ता भएको हो। भावी राष्ट्रपतिबारे फरक(फरक कोणबाट चर्चा भइरहेका बेला सत्तारूढ दलका दुई शीर्ष नेता छलफलमा जुटेका हुन्।
एमालेले पूर्वसहमति अनुसार अबको राष्ट्रपति एमालेबाट हुनु पर्ने बताएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ।
प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले समेत संसदमा विश्वासको मत दिएपछि माओवादीले राष्ट्रिय सहमतिमा जोड दिन थालेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























