राजनीति

पुनः नागरिकता लिने व्यक्तिलाई अंगीकृत नागरिकता मात्र दिनुपर्छ : सांसद महतो

Banner

जनकपुरधाम, फागुन ४–

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश सांसद उपेन्द्र महतोले नेपाली नागरिकता त्यागेका व्यक्ति पुनः नेपाल फर्केर आउँदा सोही स्टाटसमा नागरिकता पाउनु देशका सुरक्षाका लागि घातक रहेको बताएका छन् ।

मधेस प्रदेशसभाको बुधबार बसेको बैठकमा उनले नेपाली नागकिता त्यागेर विदेशी नागरिकता लिने र पुनः नेपाली लिन चाहने व्यक्तिलाई अंगीकृत नागरिकता दिन माग गरे । उनले २०६३ को नागरिकता ऐनमा रहेको यो व्यवस्था विभेदकारी रहेको बताए । सांसद महतोले यो प्रावधान हटाउनुपर्ने माग गरे ।

नेपाली नागरिकले विदेश गएर विदेशी नागरिकता लिन्छन् । त्यहाँ मोज गर्छन् र नेपाल फर्केपछि पुरानै स्टेटसमा पुनः नेपालको वंशज नागरिकता लिन्छन्, उनले भने,‘यो गलत हो । त्यस्ता व्यक्तिलाई अंगीकृत नागरिकता दिनुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>