चितवन विशेष
कोटिहोम महायज्ञमा बुधवार स्वामी लक्ष्मणाचार्य आमन्त्रित वक्ता

चितवन, फागुन ४–
नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा बुधबार सुकदेव भागवत आश्रम गैंडाकोटका पीठाधिस स्वामी लक्ष्मणाचार्य आमन्त्रित वक्ताका रुपमा सहभागी भएका छन् । उनले महायज्ञको अवलोकन गर्नुका साथै एक करोड ४९ लाख ८५ हजार दिप प्रज्वलन हुने महायज्ञ महत्वपूर्ण धार्मिक अनुष्ठान भएको बताए ।
महायज्ञमा सहभागी भएर भक्तजनले पुन्य लाभ गर्न सक्ने उनले बताए । त्यस्तै महायज्ञमा बुधबार व्यास गुफा दमौलीका संरक्षक दामोदर बाबाजीको विशिष्ट आतिथ्यता रहेको छ । शनी धाम माडीका संस्थापक एवम् धार्मिक अभियान्ता सुदर्शन सुवेदीको पनि सहभागी रहेको थियो । कार्यक्रम सञ्चालन फुलनाथ न्युरेले गरेका थिए ।
महायज्ञको बुधबार २१औँ दिनसम्म आइपुग्दा चरु अभाव नभएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधी भारद्धाजले जानकारी दिए । अन्तिम चरणतर्फ प्रवेश हुँदै गर्दा महायज्ञमा भक्तजनको सहभागीता बढ्दै गएको उनले बताए । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा भएको महायज्ञ यहि फागुन १२ गते सकिँदै छ ।

























