राजनीति
प्रहरीको गाडी आगजनी र गोंगबु लुटपाटमा संलग्न ९ जना पक्राउ
०

काठमाडौं,फागुन ३-
गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट र प्रहरीको भ्यानमा आगजनी गर्ने ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार मोबाइल पसल लुटपाट र आगजनीमा संलग्नमध्ये ९ जनालाई पक्राउ गरिएको हो। उनका अनुसार सामाजिक सञ्जालका फुटेजहरुका आधारमा छानबिनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो।
उनका अनुसार ५ जना प्रहरीको गाडी जलाउने काममा संलग्न छन् भने चार जना मोबाइल पसल लुटमा संलग्न रहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























