राजनीति

यातायात व्यवस्था ऐन संशोधन गर्नुपर्छ: सांसद भट्टराई

Banner

काठमाण्डौ, फागुन ३–

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताउनुभएको हो । उहाँले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामहरुको नियमन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले रोड सेफ्टी एक्शन प्लान, २०२१ लाई अघि बढाउनुपर्ने आवश्यक्ता भइसकेको बताउनुभयो । सांसद भट्टराईले रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनुभयो ।

उहाँले मोटरसाइकलरस्कुटी दुर्घटनामा ज्यान जानुको मुख्य कारण हेलमेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले शहरमा सुरक्षित साइकल लेन, व्यवस्थित फुटपाथ, ह्वीलचियरमैत्री, अपाङ्गमैत्री सडक बनाउने कुरा राज्यको निर्देशक सिद्धान्तले भनेपनि सो अनुसार हुन नसकेको भन्दै सरकारले आधुनिक र सभ्य सडक बनाउनुपर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>