राजनीति
नागरिकतामा मुसा-बिरालोजस्तो छक्क्याउने खेल कहिलेसम्मः सांसद यादव
०

काठमाडौं, फागुन ३-
जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले संविधान बनेको आठ वर्षसम्म पनि जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिँदा सरकारले नागरिकताको अध्यादेश सर्वोच्च अदालतले रोकेको बताए।
उनले भने, ‘संसद्ले नागरिकता विधेयक पास गर्छ, राष्ट्रपतिजीले विधेयक रोक्छिन्। यो मुसा-बिरालोजस्तो छक्क्याउने खेल कहिलेसम्मः यसअघिको संसदमा दुईपटक नागरिकता विधेयक पास गरेर राष्ट्रपतिसमक्ष पठाउँदा पहिलो पटक फिर्ता पठाइयो। दोस्रो पटक पुनः त्यो विधेयकमा लालमोहर लागेन, आखिर किन लागेन ? यो कसले गराएको हो ?’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























