राजनीति

भ्रष्टाचार र अनियमिततालाई वैधता दिने षडयन्त्र भएको छ : कमल थापा

Banner

काठमाडौं, माघ ३-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालेस्रोत नखुलेको सम्पत्तिलाई वैधता दिनु अपराध भएको बताएका छन्। आज (बुधबार) बिहान सामाजिक सञ्जालमा अध्यक्ष थापाले अवैध सम्पत्तिलाई वैध बनाउन सरकारले ऐन संशोधन गर्न लागेको भन्दै विरोध जनाएका हुन्।

यो भ्रष्टाचार र अनियमिततालाई वैधता दिने षडयन्त्र भएको बताएका छन्। केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध भएको उनको भनाइ छ।

उनले लेखेका छन्ः

देश अहिले भ्रष्टाचारको महारोगबाट अक्रान्त छ। यसैबिच स्रोत नखुलेको सम्पति वैध बनाउन सरकारले ऐन संशोधन गर्न खोज्नु भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षड्यन्त्र हो।केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्तिदिनु अपराध हो
यस्तो कार्य हुन नदिन सम्बद्ध सबैमा आग्रह गर्दछु

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>