चितवन विशेष

सवारी ज्यान कसुरका २ फरार प्रतिवादी नियन्त्रणमा

Banner

चितवन, फागुन ३–

सवारी ज्यान कसुरका २ जना फरार प्रतिवादीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रतिवादीलाई नियन्त्रणमा लिएर कैद भुक्तानको लागि अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवन जिल्ला अदालतको २०७५ बैशाख २० गतेको फैसलाले सवारी ज्यान कसूरमा १ वर्ष ११ महिना २ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी भरतपुर महानगरपालिका–१९ बस्ने दिल प्रसाद गुरुङलाई हिजो नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । कैद भुक्तानका लागि गुरुङलाई आज अदालतमा उपस्थित गराइएको हो ।

त्यस्तै, धादिङ जिल्ला अदालतको २०६१ माघ १३ गतेको फैसलाले सवारी ज्यान कसूरमा १ महिना १० दिन कैद र २ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी भरतपुर–२९ बस्ने सुरेन्द्र कुमार जोशीलाई नियन्त्रणमा लिई कैद तथा जरिवाना भुक्तानको लागि आज चितवन जिल्ला अदालतमा उपस्थित गराईएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>