राजनीति

मुलुकमा वित्तीय संकट देखिएको छ-प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौं,फागुन २-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा वित्तीय संकट देखिएको बताएका छन् । मंगलबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखापरेको संकटलाई समाधान गरी सुशासन कायम गर्न सरकार लागि परेको बताए ।

वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै उनले बैंकको ब्याजदर वृद्धिका कारणले देखापरेका समस्या समाधान गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेर तत्काल व्यवसायीहरुलाई राहत दिनका निम्ति पहल भइरहेको बताए ।

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले लघु, घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरिरहेको उनले बताए । वित्तीय अस्थिरताका कारण बैंकको ब्याज वृद्धि हुन गई लघु, घरेलु तथा साना उद्योगीहरुलाई परेको समस्या तत्काल समाधान गर्न सरकारले विभिन्न उपायहरु खोजिरहेको प्रचण्डको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>