राजनीति
राष्ट्रियसभाको बैठक आज बस्दै
०

काठमाडौं, फागुन २–
आज दिउँसो ४ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विभिन्न प्रतिवेदन, बाधा अड्काउ फुकाउ आदेश र शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८९/ ८० को बजेको अर्धवार्षिक मुल्यंकान प्रतिवेदन सम्बन्धमा वक्तब्य दिनेछन्।
यस्तै बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको मुल्यांकन प्रतिवेदन पेश हुने संसद सचिवालयले जनाएको छ।
बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बमोजिम बाधा अड्काउ फुकाउ आदेश कानुनमन्त्री ध्रुवबहादुर प्रधानले पेश गर्नेछन् भने प्रतिनिधिसभाका पूर्वसदस्य कर्मा घलेको निधनमा शोक प्रस्ताव पारित गरिनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























