चितवन विशेष

नारायणी किनारमा जारी कोटिहोम महायज्ञमा भक्तजनको खचाखच

Banner

चितवन, फागुन २–

नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा सोमबार भक्तजनको सर्वाधिक सहभागीता देखिएको छ । सोमबार सार्वजनिक बिदा र नारायणगढ बजार समेत बन्द रहेकाले महायज्ञमा भक्तजनको भीड अहिलेसम्मकै धेरै भएको हो । महायज्ञ आज २०औँ दिनमा आइपुगेको छ ।

महायज्ञमा सोमबार सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । पूर्व मन्त्रीसमेत रहेको भण्डारी कांग्रेसभित्र हिन्दु धर्मको संरक्षण र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने पक्षका नेता हुन् । उनले नदी किनारमा भएको धार्मिक अनुष्ठानले सनातन धर्म संस्कृतिको रक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, महायज्ञको अवलोकन तथा दर्शन गर्न योगी पिताम्बर र आमन्त्रित कथावाचक बुद्धिसाग भण्डारी आएका महायज्ञका प्रमुख कथावाचक परशुराम पाण्डेयले जानकारी दिए । महायज्ञमा शनिबारदेखि शिव महापुराण आरम्भ भएको छ । श्रीमद्भागवत महापुराण समापन भइसकेको छ भने श्रीमद्देवी भागवत महापुराण हुन बाँकी छ ।

महायज्ञमा जम्मा तीन वटा पुराण वाचन हुने उनले बताए । महायज्ञ अन्तिम चरणतर्फ लाग्दै गर्दा भक्तजनको सहभागीता बढ्दै गएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा भएको महायज्ञ फागुन १२ गते सम्पन्न हुँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>