राजनीति

झुटको खेती र भ्रष्टाचार गर्न मन्त्री भएको होइनः पाण्डे

Banner

चितवन,माघ २९-

सहरी विकासमन्त्री विक्रम पाण्डेले जनतासँग झुटको खेती र भ्रष्टाचार गर्न आफू मन्त्री नभएको बताउनुभएको छ । आज भरतपुर महानगरपालिका १७ स्थित प्राकृतिक आमा समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले आफ्नो कार्यकालमा कुनै अनियमितताका काम नहुने बताउनुभयो ।

‘मैले गल्ति गरेँभने मतदाताको मन दुख्छ,उहाँले भन्नुभयो’,मलाई देशको माया र जनताको आर्शिबाद छ ।’ उहाँले निर्वाचनको समयमा मतदाताले दिएको आर्शिबादलाई नभुलेर जनताको काम गर्ने बताउनुभयो । यसपटक जनताले अनुभुती गर्नेगरी काम हुने उहाँको भनाई छ । ‘विकास सबै ठाउँमा समान प्रकृतिले हुन्छ,पहुँच र भनसुनका आधारमा काम गर्ने परिपाटीको अन्त्य हुन्छ,उहाँले भन्नुभयो ।’ मन्त्री पाण्डेले आफूलाई चाहाना नहुँदा नहुँदै मन्त्री बन्नुपरेको भन्दै पार्टीले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>