चितवन विशेष
नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखामा पौडेल

चितवन, माघ २९
नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको शनिबार राति सम्पन्न ५१औंँ अधिवेशनले हरि पौडेलको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपासभापतिद्वयमा रत्नप्रसाद सापकोटा र सिर्जना अधिकारी, मन्त्रीमा राममणि खनाल, कोषाध्यक्षमा विजयराज खनाल, उपमन्त्रीमा महेश्वर थपलिया, उपकोषाध्यक्षमा चिजकुमार आले निर्वाचित हुनुभयो ।
पौडेलले निकटतम प्रतिस्पर्धी विजय शर्मा भुसाललाई ५७ मतान्तरले हराउँदै निर्वाचित हुनुभएको हो । पौडेलले एक सय १८ मत प्राप्त गर्दा भुसालले ६१ मत प्राप्त गर्नुभयो ।
उक्त समितिको खुला सदस्यमा सात र महिला सदस्य तीनजना निर्वाचित भएका छन् । यसरी निर्वाचित हुनेहरुमा शशी महतो, अनु गौतम, शारदा शर्मा पौडेल, हरिप्रसाद न्यौपाने, दीपककुमार खड्का, रुद्र अधिकारी, आशबहादुर गुरुङ्, कुमारप्रसाद थपलिया, चन्द्रकान्त न्यौपाने र विनय श्रेष्ठ निर्वाचित हुनुभएको हो । उक्त अधिवेशनमा दुई सय २५ मतदाता सहभागी थिए ।

























