कृषि

कृषि प्रदर्शनीले किसानलाई कृषि सम्बन्धी ज्ञान प्रदान गर्छ : कृषि मन्त्री शाह

Banner

चितवन, माघ २८–

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाहले चितवनमा भएको कृषि प्रदर्शनीले जिल्लामा भएका साना–ठूला सबै किसानलाई कृषि सम्बन्धी ज्ञान प्रदान गर्ने बताएकी छन् । चितवन प्रदर्शनी केन्द्रमा भएको कार्यक्रममा सहभागी हुँदै मन्त्री शाहले विदेशमा मात्रै हुँदै आएको कृषि प्रदर्शनी पछिल्लो पटक नेपालमा पनि हुँदा यसले किसानलाई खेती गर्न टेवा पु¥याउने बताइन् ।

मन्त्री शाहले भनिन्, ‘चितवनलाई लक्षित गरेर कृषि प्रदर्शनी गर्दा यसले जिल्लाका किसानलाई पुराना उपकरणको ठाउँमा नयाँ कसरी प्रयोग गर्ने ज्ञान दिन्छ । जसको कारण थोरै लागतमा पनि धेरै आम्दानी गर्न सकिन्छ ।’

उनले कृषि क्षेत्र नेपालको एक मात्र महत्वपूर्ण क्षेत्र भएकोले आफूले यस बारे पटक–पटक छलफल गरेको बताइन् । सरकारले मात्र नभएर अब आधुनिक युगसँगै किसानले कुन समय कुन खेती लगाउने, औषधी कहिले कुन प्रयोग गर्ने लगायतका विषयमा कार्य तालिका बनाएर अगाडी बढ्नुपर्ने उनले बताइन् ।

उनी भन्छिन्, ‘पछिल्लो समय कृषिमा लगानी धेरै तथा आम्दानी कम हुँदा चितवनसँगै देशभरका किसानका हजारौँ सपना अधुरो छ । उनीहरु विदेशीन बाध्य छन् । जीवनमा व्यापार गर्दा कहिले घाटा तथा कहिले नाफा पनि हुन्छ । तर, हार मान्न हुँदैन र संघर्ष गर्नुपर्छ ।’

मन्त्री साहको अनुसार देशमा भएका किसानलाई देशमै स्थापित गर्न सरकारले माटो परिक्षणसँगै किसानलाई खेतमै गएर अनुगमन गरी कृषि कार्ड दिने व्यवस्था गर्नुपर्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>