चितवन विशेष
दूधको मूल्य बढाउन माग गर्दै सिडिओलाई किसानको ध्यानाकर्षण पत्र

चितवन, माघ २८–
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध कृषक तथा व्यवसायीलेहरुले शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले प्रजिअ पौडेललाई जिल्ला प्रशासन कार्यालयमै गएर उक्त ध्यानाकर्ष पत्र बुझाएका हुन् । संघले बुझाएको ध्यानाकर्षण पत्रमा पशु आहार तथा चोकरको मूल्य बृद्धि भएर पशुपालक कृषक पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको भन्दै संघले तत्काल लागतको आधारमा दूधको मूल्य बृद्धि गर्नुपर्ने माग राखेको छ ।
चितवनमा दैनिक तीन लाख पचास हजार लिटर दूध उत्पादन हुने र उत्पादनको ४५ प्रतिशत जिल्लामै खपत हुने तथा बाँकी ५५ प्रतिशत काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्कीलगायतका जिल्लामा निर्यात हुँदै आएको छ । पशु आहारमा भएको मूल्यबृद्धिले पशुपालक किसान पेसाबाटै पलायन हुने अवस्था आएको भन्दै तत्काल लागत अनुसारको मूल्य कायम गराउन प्रजिअलाई दिइएको ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।
लागतअनुसार दूधको मूल्य बृद्धि नहुँदा व्यवसायमा लागेका किसानहरु वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था सिर्जना हुनसक्ने र यस्तो अवस्था आएमा अर्थतन्त्र थप नकरात्मकतातिर गई आयातीत दूधको उपभोग गर्न वाध्य हुनुपर्ने अवस्था आउनसक्ने भन्दै ज्ञापनपत्रमा सजग बनाइएको छ । संघले चितवन जिल्लालाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गर्ने ऐतिहासिक कार्य गरेको र पशुपालन तथा दुग्धजन्य व्यवसायबाट कसैले पनि पलायन हुन नपरोस् भनेर लागतअनुसार मूल्य बृद्धि हुनुपर्ने माग गरेको छ ।
ज्ञापन पत्रः


























