खेलकुद
३८औं जन्मदिन मनाएका रोनाल्डोले पाँच फरक देशका लिग खेल्दा ५०३ गोल गरे
०

काठमाडौं, माघ २७-
क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गर्दा साउदी प्रो लिगमा अल नासरले अल वेहदालाई ४(० ले पराजित गरेको छ ।
अल नासरका लागि पहिलो गोल गरेसँगै रोनाल्डोले लिग फुटबलमा ५०० औं गोल समेत पूरा गरे । चार दिनअघि मात्रै ३८औं जन्मदिन मनाएका रोनाल्डोले पाँच फरक देशका लिग खेल्दा कूल ५०३ गोल गरेका हुन् ।
अल नासरका लागि रोनाल्डोले २१औं, ४०औं र ५३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए भने ६१औं मिनेटमा चौथो गोल गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























