खेलकुद
राष्ट्रिय प्रतियोगिताका लागि चितवनका कराँते खेलाडी र प्रशिक्षकलाई विदाई

चितवन, माघ २५–
दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन बागमती प्रदेशको प्रतिनिधित्व गर्दै जान लागेका चितवनका खेलाडी र प्रशिक्षकलाई विदाई गरिएको छ ।
कराँते खेलाडी पार्वती गुरुङ (४५ किलो), ममता गुरुङ (५५ किलो), मनोज गुरुङ (६० किलो) र कृष्ण चौधरी (८४ किलो–), प्रशिक्षक दुर्गा कुमाल र अन्तर्राष्ट्रिय रेफ्री चित्र बहादुर राना मगरसहितको टोलीलाई बिदाई गरिएको हो ।
माघ २६ देखि २८ गतेसम्म काठमाडौँमा हुन लागेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न जान लागेको टोलीलाई बिदाई गरिएको सितोरियो संघ भरतपुर महानगर समितिका सचिव छवि तिमिल्सिनाले जानकारी दिए ।
खेलाडी र प्रशिक्षकलाई चितवन सितोरियो कराँते संघका अध्यक्ष एवम् बागमती कराँते प्रमुख गगन लामा, चितवन सितोरियो कराँते टेक्निकल कमिटीका अध्यक्ष जंगबहादुर थिङ र सितोरियो संघ भरतपुर महानगर समितिका अध्यक्ष राजन कार्कीले खेलाडी र प्रशिक्षकलाई बिदाई गरेका हुन् ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुँदै छन् ।

























