चितवन विशेष

नरहरीनाथका उत्तराधिकारीद्वारा कोटिहोम महायज्ञलाई १३०औँ शृङखलाको मान्यता

Banner

चितवन, माघ २५–

राष्ट्रगुरु योगी नरहरीनाथका उत्तराधिकारी एवम् गोरक्षपीठका पिठाधिस श्रीषनाथले नारायणी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञलाई १३०औँ शृङखलाको महायज्ञको मान्यता दिएका छन् । नरहरीनाथले १२९औँ शृङखलासम्मको कोटिहोम गरेका थिए । उनको देहवसान भएको १९ वर्षपछि भएको कोटिहोम महायज्ञलाई नरहरीनाथकै १३०औँ शृङखलाको महायज्ञको मान्यता दिइएको हो ।

माघ १२ गतेदेखि भएको कोटिहोम महायज्ञको तेस्रो पटक निरीक्षणपछि महायज्ञको संरक्षकसमेत रहेका श्रीषनाथले उक्त मान्यता दिएका हुन् । मान्यता दिनुअघि उनले महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेय, महायज्ञको संकल्पकर्ता प्रेमनिधी भारद्धाज, यज्ञाचार्य नारायण प्रसाद पोख्रेललगायतसँग अन्र्तवार्ता पनि लिएका थिए ।

‘योगी नरहरीनाथले १२९औँ शृङखलामा पुगेको महायज्ञलाई अगाडि बढाउने संकल्प लिनुभएको थियो । उहाँको उत्तराधिकारी श्रीषनाथ गुरुजीको घोषणापछि कोटिहोम महायज्ञको १३०औँ शृङखलाको मान्याता पाएको छ’, कथा वाचक परशुराम पाण्डेयले भने । बाँकी शृङखलाको आयोजना गर्न पनि श्रीषनाथ गुरुजीले प्रेमनिधी भारद्धाजलाई जिम्मा दिएका छन् ।

महायज्ञमा मंगलबार महायज्ञका संरक्षक एवम् व्यासाचार्य किशोर कुमार गौतमले प्रवचन दिएका थिए । साथै पण्डित चन्द्रमणी कँडेल, चेतराज कँडेल, वक्ता रामानुजदास सन्तोषजीलगायतले महायज्ञको दर्शन गरेका थिए । महायज्ञका प्रमुख संरक्षक एवम् सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले बुधबार महायज्ञको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । चर्चित गायक शसान कँडेलले पनि प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

महायज्ञ फागुन १२ गते सम्पन्न हुने छ । महायज्ञको अन्तिम दिन एक करोड ४९ लाख ८५ हजार बत्ति प्रज्वलन गरिने महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजले जानकारी दिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>