चितवन विशेष

भरतपुर–२८ मा टोलस्तरीय भलिबल प्रतियोगिता हुने

Banner

चितवन, माघ २२–
भरतपुर महानगरपालिका वडा नम्बर २८ मा टोल स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । वडा खेलकुद समिति भरतपुर–२८ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता माघ २७ र २८ गते हुने समितिका अध्यक्ष भिमसेन कुमालले जानकारी दिनुभयो । प्रतियोगिता गोलाघाट पर्यटकीय पार्कमा हुने छ ।

वडामा रहेका १८ टोलका भलिबल टिमले भाग लिने आयोजकको विश्वास छ । प्रतियोगितामा विजयी टिमको पुरस्कार भने समितिको अर्को छलफलले टुङ्गाउने कुमालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>