चितवन विशेष
चितवनका तरकारी किसानले भोगेका समस्या समाधान गरी काम गर्छुः कृषि मन्त्री साह
०

चितवन, माघ २१-
कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चितवनका किसानहरूले उठाएका मागहरुलाई सम्बोधन गर्न प्रयास गर्ने बताएकी छन्। उनले तरकारी किसानले भोगेका समस्या समाधान गरी किसानलाई राहत हुनेगरी काम गर्ने बताइन्।
शनिबार भरतपुरमा राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजको अधिवेशनमा बोल्दै मन्त्री साहले दूध, माछा, तरकारी किसानहरूका समस्या समाधान गर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताइन्।
‘दूध, तरकारी, फलफूल, माछाको उत्पादनलाई कसरी बढाउने भन्नेमा मन्त्रालय पनि छ तर प्रकृयामा धेरै समस्या, झमेलाहरू छन्, मन्त्री साहले भनिन्, ‘मन्त्रालयले किसानलाई सहजीकरण गर्नेगरी काम गर्छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























