चितवन विशेष

राजनीतिक संयन्त्रले गृहमन्त्रालयको विवाद समाधान गर्छः ज्ञवाली

Banner

चितवन,माघ २१–

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गृह मन्त्रालयको विवाद उच्च स्तरिय राजनीतिक संयन्त्रले समाधान गर्ने बताएका छन् । शुक्रबार भरतपुरमा संचारकर्मीसंग कुरा गर्दै नेता ज्ञवालीले एक÷दुई दिनमै शिर्ष नेताहरु बीचको छलफलबाट यसको समाधान हुने बताए ।

उनँले भने,‘गृहमन्त्री को बन्ने भन्ने बिषयले गठबन्धन संकटमा पर्दैन, थप छलफल गरेर सत्ता साझेदार दलहरुबीच भरपर्दाे विश्वासको वातावरण बन्छ ।’ उनले पुस १० गते भएको सम्झौताबाट सत्ता साझेदार दलहरु दाँया÷बाँया नहुने समेत बताए । देश, जनताका लागि र राजनीतिक स्थायित्वका लागि गठबन्धन टिकाउनुपर्ने नेता ज्ञवालीको भनाई छ ।

‘गृहमन्त्रालयका बिषयमा केही प्रश्नहरु खडा भएका छन् । तर पूर्वसहमती अनुसार नै गृहमन्त्रालयको जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्छ’ उनले भने । व्यक्तिको बारेमा छलफल गर्न सकिने भन्दै नेता ज्ञवालीले कानुनी प्रश्न उठेपछि रास्वपाका सभापतिले आफू भन्दापनि पार्टीबाट अरुलाई पठाउँदा राम्रो हुने बताए ।

‘कानुनी रुपमा उठेका प्रश्नहरु अदालतले किनारा लगाउला’, ज्ञवालीले भने, ‘मेरो व्यक्तिगत विचारमा प्रश्न उठेपछि रास्वपाले पनि सोच विचार गर्नुपर्छ ।’ सत्ता साझेदार दलहरुले पनि रास्वपा र रविलाई अफ्ठेरो परेको छ यही मौकामा गृहमन्त्रालय लिइहालौ भन्ने सोच राख्न नहुने भन्दै उनले त्यो गठबन्धनको संस्कृती नभएको बताए । नेता ज्ञवालीले सत्ता साझेदार दलहरुबीच भरपर्दाे वातावरण बन्नुपर्ने भन्दै अविश्वासको वातावरण भए छलफलबाट टुंगो लगाउनुपर्ने बताए ।

उनले गृहमन्त्रालय रास्वपालाई दिन प्रधानमन्त्रीले अस्विकार गरेको भन्न नमिल्ने भन्दै कानुनी रुपमा उब्जिएका प्रश्नहरुमा छलफल आह्वान गरेको उनले बताए । नेता ज्ञवालीले पूर्वसहमती अनुसार राष्ट्रपतिमा एमालेको उम्मेदवार हुने र त्यसमा सबै सत्ता साझेदार सबै दलको सहमती रहने दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>