खैरहनी

कार्यसम्पादनमा उत्कृष्ट ठहरिदै खैरहनी ९ का वडाध्यक्ष बन्धुराम महतो सम्मानित

Banner

चितवन, माघ १५–

खैरहनी नगरपालिकाको १२ औं नगरसभाबाट वडा नं ९ का वडाध्यक्ष बन्धुराम महतो सम्मानित भएका छन् ।

नगरपालिकामा रहेका १३ वटा वडाहरू मध्ये कार्यसम्पादन मुल्याङ्कनमा उत्कृष्ट भएकोले नगरप्रमुख शशी कुमार खनियाले वडाध्यक्ष महतोलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

वडाको ३९ वटा योजनाहरू मध्ये २५ वटा योजना सम्पन्न भैसकेको वडाध्यक्ष महतोले बताए । वडाको १ करोड ५१ लाख बजेटको करीब ८५ प्रतिशत खर्च रकम भुक्तानी भैसकेको वडाध्यक्ष महतोले बताए । उनले भने ‘सम्पन्न भएको योजनाहरू प्रायः भौतिक निर्माण योजना रहेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>