चितवन विशेष

उपचारमा समस्या भएपछि अस्पतालको बेडमै पुगेर दिइयो नागरिकता

Banner

विपिन पाठक

चितवन, माघ १४–

नागरिकता नभएका कारण स्वास्थ्य उपचारमा समस्या भएपछि माडी नगरपालिका–६ निवासी निरज विश्वकर्मालाई अस्पतालमै पुगेर नागरिकता प्रदान गरिएको छ ।

सरकारले क्यान्सर रोगका बिरामीलाई दिइने उपचार खर्च अनुदान लिन समेत कानुनी समस्या भएपछि माडी–६ का वडा अध्यक्ष दिपेन्द्रराज पौडेलको विशेष पहल तथा नगरपालिका प्रमुख ताराकुमारी काजी महतोको उपस्थितिमा प्रशासन कार्यालय माडी प्रमुख चित्ररेखा सिलवालले भरतपुर क्यान्सर अस्पतालमै पुगेर विश्वकर्मालाई नागरिकता प्रदान गरेकी हुन् ।

जनप्रतिनिधि वास्तवमा जनताका सेवक हुन् भन्ने मान्यतालाई आत्मसात गर्दै अस्पतालको शैयामा गएरै नागरिकता दिइएको वडा अध्यक्ष पौडेलको भनाई छ।नगर प्रमुख ताराकुमारी काजी महतोले बिरामीको स्वास्थ्य लाभको कामना गर्दै थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । विरामी निरज विश्वकर्माकी आमा मधुमाया विश्वकर्माले भावुक हुँदै दुखको बेला गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>