राजनीति
आफूखुशी विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम हुँदैनः वरिष्ठ अधिवक्ता भण्डरी
०

काठमाडौं, माग १३-
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डरीले नागरिकता ऐन २०६३ को दफा ११ मा नगए रवि लामिछानेले पुनः नेपाली नागरिकता पाउनै नसक्ने ठोकुवा गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार भएको बहसपछि प्रत्युत्तर दिने क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले नागरिकता ऐन २०६३ को दफा १० को उपदफा १ मा टेक्दा पनि विदेशी नागरिकता लिएपछि नेपाली नागरिक नरहने उल्लेख भएको जिकिर गरे ।
नागरिकता ऐन २०६३ को दफा १० मा नेपाली नागरिकता कायम नरहने अवस्थाबारे उल्लेख छ । उक्त दफाको उपदफा १ मा ‘नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन’ भन्ने उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























